गोरखामा सोमवार थप २३ जना कोरोना पुष्टि भएको छ ।
पालुंटार नगरपालिका, भिमसेन थापा गाउँपालिका, गण्डकी गाउँपालिका, अजिरकोट गाउँपालिका, शहिद लखन गाउँपालिका र आरुघाट गाउँपालिकामा गरी २३ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय गोरखाले जानकारी दिएको छ ।
जसमा सबैभन्दा धेरै पालुङटार नगरपालिका वडा नम्बर ४ मा चार जना, वडा नम्बर १० मा चार जना र ५ मा एक जना गरी नौ जना थपिएका हुन ।
त्यस्तै भिमसेन थापा गाउँपालिका वडा नम्बर ४ मा चार जना, गण्डकी गाउँपालिका वडा नम्बर १ को दुई जना र अजिरकोट गाउँपालिका वडा नम्बर ४ को एकजनालाई संक्रमण पुष्टि भएको कार्यालयको भनाई छ ।
आरुघाट गाउँपालिका वडा नम्बर ९ मा पनि तीन जनालाई संक्रमण देखिएको छ । गोरखा नगरपालिका ४ मा एक जना पूरुषमा पनि कोरोना संक्रमण देखिएको छ ।
शहिदलखन गाउँपालिकाको मनकामना चौकीमा कार्यरत तीन जना प्रहरीलाई पनि कोरोना पुष्टि भएको छ ।
यससँगै गोरखामा कोरोना संक्रमितको संख्या छ सय ४२ पुगेको छ ।