• आइतबार, भाद्र २१ २०८३

अबको १५ दिनमा कोरोना खोप लगाउन थालिने


सोमबार, मंसिर ८ २०७७
595
Shares

अबको १५ दिनमा अमेरिकाका नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने सम्भावना देखिएको छ।

त्यहाँको कोरोना खोपसम्बन्धी कार्यक्रम प्रमुखका अनुसार आउने डिसेम्बर ११ भित्र सर्वसाधारण नागरिकले खोप पाउने सम्भावना छ।

डाक्टर मोनसेफ सेलोईले अमेरिकी सञ्चारमाध्यम सीएनएनसँग कुरा गर्दै भनेका छन्, ‘स्वीकृति प्राप्त भएको २४ घण्टाभित्रै खोप खोपकेन्द्रहरूपमा पुर्‍याउने योजना छ।’

अमेरिकाको औषधि कम्पनी फाइजर र उसको सहयोगी बायोनटेकले संयुक्त रूपमा विकास गरेको कोरोनाविरुद्धको खोप आपतकालीन प्रयोगका लागि अनुमति माग्दै शुक्रबार नियामक निकाय खाद्य एवं औषधि प्रशासन (एफडीए) मा निवेदन दिएका छन्।

यस विषयमा निर्णय गर्न एफडीएको बैठक डिसेम्बर १० मा बस्ने बताइएको छ।

डाक्टर सेलोईले सीएनएनसँग एफडीएले अनुमोदन गरेको भोलिपल्टै अर्थात् डिसेम्बर ११ वा १२ तारिखदेखि सर्वसाधारण नागरिकलाई खोप लगाउन थालिने बताएका छन्।

उक्त खोपको अन्तिम परीक्षणको नतिजाले खोप ६५ वर्षभन्दा माथि उमेरका मानिसलाई समेत ९४ प्रतिशत प्रभावकारी देखिएको दाबी गरिएको छ। बीबीसी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार