• मंगलबार, साउन १२ २०८३

एक घर एक पिसिआर परीक्षण गर्न आरुघाट क्षेत्रका युवाहरुको माग


सोमबार, मंसिर ८ २०७७
770
Shares

गोरखा । आरुघाट क्षेत्रका युवाहरुले एक घर एक पिसिआर परीक्षणको माग राखेका छन् । उक्त गाउँपालिका भित्रका युवाहरुले कोरोना नियन्त्रणका लागि प्रतिघर एक जनाको पिसिआर परीक्षण गराउन आग्रह गरेका हुन ।

आरुघाट युवा संर्घष समिति गठन गरी उनीहरुले १३ बुँदे माग समेत राखेका छन् ।

‘बैचारिक रुपमा हामी विभिन्न दलमा आवद्ध होलाम् तर राजनिति गर्नका लागि यो समिति बनाइएको होइन,’ सघर्ष समितिका संयोजक भीम सुनारले भने, ‘गाउँपालिकालाई जिम्मेवार बनाउँदै आवश्यक परेको ठाउँमा खबरदारी गर्नु समितिको उदेश्य हो ।’

युवाको क्षमता बिकास र कृषि क्षेत्रको उन्नतीका लागि गाउँपालिकाले विशेष पहल गर्नु पर्ने उनीहरुको भनाई छ । सुनार संयोजकत्व र हुकुम खड्का सह संयोजक रहेको उक्त संघर्ष समितिमा २५ जनाको सचिवालय र १०० जनाको कार्यसमिति बनाइएको छ ।

कार्यसमितिमा हरेक वडाबाट १०/१० युवाहरुलाई समेटिएको छ ।

कृषि उपज संकलन र बिक्रि केन्द्र स्थापना गर्नुपर्ने, भण्डारको लागि शीतकेन्द्र बनाउनु पर्ने, युवाहरुलाई बिकास निर्माणका काममा प्रत्यक्ष सहभागी गराउनु पर्ने, कृषि क्षेत्रलाई विषय जोड दिइनु पर्ने, सहुलियतको कर्जा उपलब्ध गराउनु पर्ने, समानुपातीक रुपमा बिकास निर्माणका काम सञ्चालन गर्नुपर्ने लगायतका माग उनीहरुले राखेका छन् ।

केही दिन भित्र गाउँपालिकालाई मागपत्र बुझाइने संयोजक सुनारले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार