• सोमबार, साउन १८ २०८३

आठ महिनापछि खुल्यो गोरखा संग्रहालय, स्वास्थ्य सुरक्षा अनिबार्य


सोमबार, मंसिर ८ २०७७
920
Shares

d+unaf/ klg v'Nnf /x]kl5 uf]/vf ;+u|fxfno cfPsf ko{6s . tl:j/ xl//fd pk|]tL÷sflGtk'/

गोरखा । कोरोना भाइरसको संक्रमण फैलिने जोखिमलाई मध्यनजर गर्दै ८ महिनाअघि बन्द भएको गोरखा संग्रहालय हिजो आइतबारबाट खुलेको छ ।

नेपालमा कोरोना भाइरसको संक्रमण देखिनासाथ चैत ६ गतेदेखि पर्यटकका लागि पूर्ण रुपमा बन्द गरिएको संग्रहालय आइतबारबाट खुला गरिएको हो । सुरुवाती चरणमा संग्रहालयले २०७७ बैशाख १८ गतेसम्मका लागि मात्रै बन्द गर्ने भनेपनि सरकारले लकडाउनको अवधी थप गर्दै गएपछि बन्दको अवधी समेत बढाइएको थियो ।

पछिल्लो समय लकडाउन हटेपनि सरकारले संग्रहालय, धार्मिक स्थल लगायत सर्वसाधारण भेला हुने स्थलमा बन्देज लगाएसंगै गोरखा संग्रहालय पनि खुल्न सकेको थिएन ।

तर आइतबारबाट संस्कृती, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले देशका अधिकांश पर्यटकिय स्थल खुला गर्ने अनुमतीसंगै गोरखा संग्रहालय समेत खोलिएको प्रमुख नवराज अधिकारीले जानकारी दिए ।

‘हामीले सुरुमा ४३ दिनका लागि बन्द गरेका थियौ, तर पछि अवस्था झनै जटिल भइदियो, सरकारबाट खोल्ने अनुमती पनि भएन’ संग्रहालय प्रमुख अधिकारीले भने ‘८ महिनापछि आज (आइतबार) बाट खोलेका छौ ।’

संग्रहालय खुलेपनि घुम्न आउने पर्यटकले केहि स्वास्थ्य सुरक्षाका मापदण्ड भने अनिबार्य कार्यान्वयन गर्नुपर्ने बताइएको छ । मापदण्ड अनुसार संग्रहालयको गेटबाट प्रवेश गरेसंगै साबुनपानीले हात धुनुपर्ने हुन्छ भने मास्क अनिबार्य गरिएको छ ।

त्यस्तै भौतिक दुरी कायम गर्दै एक समुहमा १० जनालाई मात्रै प्रवेश गराइने मापदण्ड बनाइएको संग्रहालय प्रमुख अधिकारीले बताए । उनका अनुसार एक समुह र अर्को समु्हबिच भेटघाट गर्न पाइने छैन ।

यसैगरी संग्रहालय प्रशासनले घुम्न आउने पर्यटकको अत्यावस्यक विवरण समेत राख्ने ब्यवस्था मिलाएको छ । पर्यटकलाई स्वास्थ्य सुरक्षाका मापदण्ड कार्यान्वयन गराउनका लागि संग्रहालयमा कार्यरत कर्मचारी र सुरक्षाकर्मीलाई एक दिने अभिमुखिकरण समेत गराइएको प्रमुख अधिकारीले जानकारी दिए ।

गोरखा संग्रहालय प्रवेशका लागि नेपाली पर्यटकलाई २५ रुपैया, नेपाली विद्यार्थीका लागि १०, सार्क राष्ट्र पर्यटकका लागि ५० र अन्य बिदेशीका लागि एक सय रुपैया शुल्क लाग्ने गर्छ ।

आइतबार ८ महिनापछि संग्रहालय खुलेसंगै पहिलो दिन १ जना विद्यार्थी सहित १ सय ५० जना नेपालीले अवलोकन गरेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार