गोरखा । गोरखा घर भई अमेरिकामा कार्यरत एक युवकको सवारी दुर्घटनामा मृत्यु भएको छ ।
शहिद लखन गाउँपालिका वडा नम्बर ८ बुंकाेटको छापथोक घर भई हाल अमेरिकी सैनिकमा कार्यरत सुरेश श्रेष्ठको कार दुर्घटनामा ज्यान गएको हो ।
६ बर्षअघि अध्ययनको सिलसिलामा अमेरिका पुगेका श्रेष्ठ एक बर्षअघि मात्रै अमेरिकी सैनिकमा भर्ती भएका थिए ।
एक बर्षको सैनिक तालिम केहि दिन अघि मात्रै पूरा गरेका श्रेष्ठको अमेरिकामै कार दुर्घटनामा परी मृत्यु भएको खबर आएको शहिद लखन गाउँपालिका ८ का वडाध्यक्ष काशीनाथ अम्गाईले सिभिलखबरलाई बताए ।
उनि ३ बर्षअघि घर आएर पुन: अमेरिका फर्केका थिए । नेपाली समयअनुसार गएराती उनी चढेको कारलाई सोही दिशाबाट आएको ट्रकले ठक्कर दिएको खबर आएको बुंकोटका स्थानीय अबिन श्रेष्ठले जानकारी दिए ।