• आइतबार, साउन १७ २०८३

गोरखाका विद्यालय मंसिर १५ पछि मात्रै खुल्ने


शनिबार, मंसिर ६ २०७७
620
Shares

नगरक्षेत्र भित्र कोरोना संक्रमणको जोखिम कायम नै रहेको भन्दै गोरखा नगरपालिकाले मंसिर १५ गतेसम्म सवै शैक्षिक संस्था बन्द गर्ने निर्णय गरेको छ ।

शनिबार एक सूचना जारी गर्दै नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिनेशराज पन्तले आगामी १५ गतेसम्म सम्पूर्ण विद्यालय बन्द गर्ने जानकारी दिएका हुन ।

नगरपालिकाले नगरक्षेत्र भित्र समुदाय स्तरका साथै शिक्षकहरुमा पनि कोरोना संक्रमण देखिएकाले थप संक्रमण फैलन नदिन सवै नीजि तथा सामुदायिक बिधालय बन्द गर्ने निर्णय गरेको पन्तद्धारा हस्ताक्षरित सूचनामा भनिएको छ ।

नगर क्षेत्र भित्र शुक्रबारसम्ममा शिक्षक तथा कर्मचारी सहित ६५ जना संक्रिय संक्रमित रहेको भन्दै संक्रमितको सम्र्पकमा रहेकाहरुको कन्ट्रयाक्ट ट्रेसिङ गरि स्थितिलाई सामान्य अबस्थामा ल्याउन नगरपालिका भित्रका सवै बिधालयका सञ्चालित प्रत्यक्ष सिकाई सहजीकरण बन्द गरिएको बताइएको छ ।

त्यस्तै नगरपालिकाले अत्याबश्यक काम बाहेक घर बाहिर नस्किन र निस्कनै परे मास्क लगाएर निस्कन, व्यापार व्यवसाय, कार्यालयको सेवा, सामाग्री ढुवानी लगायतका कार्य गर्दा अनिबार्य सुरक्षा मापदण्ड पालना गर्न तथा भौतिक दुरी कायम गर्द संक्रमण रोक्ने कार्यलाई सफल बनाउन आग्रह गरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार