• आइतबार, साउन १७ २०८३

मन्त्री लेखबहादुर थापाले बाँडे २५ याेजनामा २ कराेड बजेट, हेर्नुस कुन याेजनामा कति बजेट


शनिबार, मंसिर ६ २०७७
900
Shares

गाेरखा । गाेरखा क्षेत्र नम्बर १ काे प्रदेश क का साँसद लेखबहादुर थापा मगरले आफ्नो संसदीय क्षेत्रको बजेट तथा याेजना बाँडफाँट गरेका छन् । गण्डकी प्रदेश सरकारका कृषि पर्यटन तथा सहकारी मन्त्री समेत रहेका थापाले आर्थिक बर्ष २०७७/७८ का लागि बजेट तथा कार्यक्रम बाँडफाँड गरेका हुन ।

मन्त्री थापाको अध्यक्षतामा सम्पन्न निर्वाचन क्षेत्र पूर्वाधार कार्यक्रम, निर्देशक समितिको बैठकले गोरखा क्षेत्र नं. १ को प्रदेश नं क का लागि बिभिन्न २५ वटा कार्यक्रमका लागि दुई करोड रुपैयाँ बाँडफाँट गरेको हो ।

कुन याेजनामा कति बजेट ?

-गाेरखा नगरपालिका २ काे कोखे आहाले, देउरालीडाँडा, गाईखुर, भोगटेनीडाँडा सडकका लागि २५ लाख रुपैयाँ

-गाेरखा नगरपालिका २ कै आहालेमा मुस्लिमको कबरस्तानको घेरापर्खाल निर्माणका लागि २५ लाख रुपैयाँ,

-गाईखुर रजेटार टोल विकास संस्थाको कार्यालय भवन निर्माणका लागि तीनलाख रुपैयाँ

-विन्दवासिनी माविमा शहिद प्रकाश धिताल स्मृति मञ्च निर्माणका लागि छ लाख रुपैयाँ

-गोनपा ४ को नमूना टोल विकास सँस्थाको कार्यालय भवन निर्माणका लागि चारलाख,

-सतिपिपल, काफलघारी, स्वाँरा घलाङ सडक स्तरोन्नतिका लागि आठलाख रुपैयाँ

-गोरखा अस्पतालस्थित शवगृह छेउमा घेरापर्खाल र होर्डिङबोर्ड निर्माणका लागि छ लाख,

-नेपाल मगर संघ, जिल्ला कार्यसमिति गोरखाको भौतिक पूर्वाधार निर्माणका लागि आठलाख,

-बजरे, पाङखोला, श्यामतेस चेपाङगाउँमा बाख्राको खोर तथा अन्य पूर्वाधार निर्माण कार्यक्रमका लागि छ लाख

-गण्डकी २ याङ्दीको शिव पार्वती कृषि सामुदायिक भवन निर्माणका लागि सात लाख,

-गण्डकी ३ को तिवारीगाउँदेखि मसाजुडे पुण्यगाउँ, बटुकीभैरव मन्दिर जाने सिँडी बाटो निर्माणका लागि पाँचलाख,

-गण्डकी ४ को कालिका युवा क्लव ढावेको युवा क्लव भवन निर्माणका लागि सात लाख,

-सानो दर्वुङको अन्नपूर्ण महिला समूहको भवन निर्माणका लागि आठलाख,

-गण्डकी ६ को महाकाली एकीकृत युवा क्लव निर्माणका लागि सात लाख रुपैयाँ

-गण्डकी ७ को कृषि तथा वन विज्ञान अनुसन्धान केन्द्रको भौतिक पूर्वाधार निर्माणका लागि ६ लाख,

-गण्डकी ८ को सिउरेनीटार कृषि सामुदायिक भवन निर्माणका लागि आठ लाख,

-शहीदलखन गाउँपालिका ३ को दारसिङ महिला समूहको अधुरो भवन निर्माण सम्पन्न गर्न तीनलाख रुपैया

-सहिद लखन गाउँपालिका ३ कै सिम्ले घुलीस्वाँरा महिला समूहको सामुदायिक भवन निर्माण सम्पन्न गर्न तीनलाख,

-शहीद लखन गाउँपालिका ४ को देवी महिला समूहको सामुदायिक भवन निर्माण सम्पन्न गर्न र सौचालय निर्माण गर्न ६ लाख,

-शहीद लखन ५ को उपशक्ति युवा क्लवको भवन निर्माणका लागि ७ लाख,

-शहीद लखन ६ को कोटथोक पर्यटन सामुदायिक भवन निर्माणका लागि सातलाख,

-शहीदलखन ६ को तल्लो ज्यामिरस्वाँरा सामुदायिक भवन निर्माणका लागि सातलाख,

-शहीद लखन ७ को थापागाउँ कृषि सामुदायिक भवन निर्माणका लागि सातलाख,

-शहीदलखन ८ मा छापथोक कृषि सामुदायिक भवन निर्माणका लागि ७ लाख

-शहीद लखन ९ को शहीद अविनाश स्मृति युवा क्लवको अधुरो भवन निर्माणका लागि छ लाख

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार