• बुधबार, असोज २१ २०८३

कक्षा १२ को परीक्षा तयारी पूरा, ५ प्रतिशतले होम सेन्टरबाटै परीक्षा दिँदै


शुक्रबार, मंसिर ५ २०७७
585
Shares

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षाको सबै तयारी पूरा गरेको जनाएको छ।

परीक्षाको लागि सबै व्यवस्थापन गरिसकेको बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले बताएका छन्।

लकडाउनमा स्थगित भएको कक्षा–१२ को परीक्षा यही मंसिर ९ देखि १६ गतेसम्म सञ्चालन हुँदै छ। शनिबारसमेत परीक्षा सञ्‍चालन हुने बोर्डले जनाएको छ।

अध्यक्ष पौडेलका अनुसार यस वर्ष चार लाख ३३ हजार विद्यार्थीले कक्षा–१२ को परीक्षा दिँदै छन। ‘कोभिड–१९ का कारण पायक पर्ने ठाउँबाट पनि परीक्षा दिने व्यवस्था गरेका थियौँ,’ उनले भने, ‘यसपालि पाँच प्रतिशत विद्यार्थीले पायक पर्ने ठाउँ अर्थात होमसेन्टर बाट परीक्षा दिँदै छन्।’

सरकारले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर परीक्षा सञ्चालन गरिने उनले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार