तिहारमा हुने जुवातासविरुद्ध देशभर निगरानी बढाएको प्रहरीले करिव एक करोड रुपैयाँ बरामद गरेको छ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार ९८ लाख ५८ हजार १६३ रुपैयाँ र ७ लाख ९४ हजार ८७० रुपैयाँको चेक बरामद भएको छ।
प्रहरीले ७ वटै प्रदेशबाट जुवातासविरुद्ध अप्रेसन चलाएको थियो।
कात्तिक २७ गतेदेखि मंसिर ३ गते बिहानसम्ममा यस सम्बन्धी ४१ वटा मुद्दा जुवाताससम्बन्धी दर्ता भएका छन्। प्रदेश १ का ६ ठाउँमा ५३ जना पक्राउ परेका छन्।
उनीहरुको साथबाट ९ लाख ३३ हजार ७०७ रुपैयाँ, प्रदेश २ का २ स्थानबाट २२ जना पक्राउ परेकोमा उनीहरुको साथबाट २ लाख ५७ हजार ६३० रुपैयाँ बरामद भएको छ।
गण्डकी प्रदेशका १३ ठाउँबाट प्रहरीले जुवाडे पक्राउ गरेको छ। १५ लाख ९० हजार ४६८ रुपैयाँसहित ११८ जना पक्राउ परेका छन्। लुम्बिनी प्रदेशबाट ७ लाख ७० हजार रुपैयाँसहित २२ जना पक्राउ परेका छन्।
कर्णालीका ४ ठाउँबाट ४३ जना पक्राउ परेकोमा उनीहरुको साथबाट ३ लाख ४४ हजार ९ रुपैयाँ बरामद भएको छ। सूदुरपश्चिम प्रदेशबाट ३४ जना पक्राउ परेका छन् भने ५ लाख ४८ हजार ८१५ रुपैयाँ बरामद भएको छ।
बरामद भएको रकम राजश्व विभागमा बुझाउने र पक्राउ परेका विरुद्ध जुवा ऐन सम्बन्धी कारबाही अगाडि बढाइने पनि प्रवक्ता कडायतले बताए।