गोरखा । गोरखा सहित गण्डकी प्रदेशमा ११ जना कोरोना संक्रमित थपिएका छन् ।
बुधबार अपरान्ह ४ बजेर ३० मिनेटमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्ती अनुसार गोरखामा ३ सहित ११ जनामा संक्रमण भएको हो ।
जसमा गोरखा नगरपालिका वडा नम्बर ८ का २ पुरुष र १ महिला छन् । त्यस्तै थपिएका संक्रमितमा कास्कीमा ३ जना, तनहुँमा १ जना र स्यांजामा एक जना रहेको स्वास्थ्य निर्देशक डा विनोदविन्दु शर्माले बताए ।
यससंगै गण्डकी प्रदेशमा संक्रमितको संख्या १० हजार ५ सय ४८ पुगेको बताइएको छ ।