• बिहिबार, असोज २२ २०८३

कोरोनाबारे समाचार लेख्ने पत्रकारलाई पाँच वर्षको जेल सजाय


बुधबार, मंसिर ३ २०७७
700
Shares

कोरोना भाइरसको उत्पत्तिस्थल वुहानबाट कोरोनाबारे समाचार लेख्ने एक चिनियाँ पत्रकारलाई त्यहाँको सरकारले पाँच वर्षको जेल सजाय तोकिदिएको छ।

हाल ३७ वर्षकी पत्रकार तथा पूर्व वकिल रहेकी जाङ जिहानले जेल सजाय भोगिरहेको बीबीसीले जनाएको छ।

उनलाई प्रहरीले गत मे महिनादेखि नै नियन्त्रणमा लिएको बताइएको छ। उनीमाथि झगडा गराउने कार्यमा संलग्न भएको साथै समस्यालाई निम्त्याउने भूमिका खेलेको आरोप लागेको छ।

जाङ जिहान गत फेब्रुअरीमा वुहान पुगेकी थिइन्। नेटवर्क अफ चाइनिज ह्युमन राइट्स डिफेन्डर सीएचआरडीका अनुसार उनले वुहानबाट कोरोना प्रकोपबीच पत्रकारलाई समाचार लेख्नबाट बन्चित गरोको साथै पत्रकारलाई नजरबन्दमा राखेको विषयमा थुप्रै समाचार लेखेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार