गोरखा । गोरखामा कोरोना भाइरसका कारण थप एक जनाको मृत्यु भएको छ ।
गोरखाको पालुंटार नगरपालिका वडा नम्बर ७ च्यांलीका एक पुरुषको सोमबार बिहान मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।
संक्रमित भएपछि उनलाई एक हप्ताअघि अस्पतालको आइसियुमा राखि उपचार गरिदै आएको थियो ।
फोक्सोको क्यान्सरबाट पिडित ८३ बर्षका ति पुरुषको बिहान ७ बजेर २५ मिनेटमा निधन भएको सूचना अधिकारी कृष्ण ढकालले बताए ।