• आइतबार, साउन १७ २०८३

लकडाउनले रोकिएको भच्चेक सडक कालोपत्रे


मंगलबार, मंसिर २ २०७७
540
Shares

गोरखा । भच्चेक सिरानडाँडा सडक कालोपत्रे भएको छ । कोरोना संक्रमण रोक्न सरकारले लकडाउन घोषणा गरेपछि विचैमा रोकिएको उक्त सडकमा अहिले धमाधम कालोपत्रे गरिएको हो ।

‘लकडाउन अघि नै ४.६ किलोमिटर सडक पिच भइसकेको थियो । त्यसपछि ८ महिना काम रोकियो,’जिल्ला आयोजना कार्यान्यवन इकाईका इन्जिनिर कृष्ण बस्नेतले भने, ‘दशै अगाडी भारतबाट कामदार ल्याएर काम स्टार्ट भयो । अब केही दिनमा कम्प्लिट हुन्छ ।’

अहिले ९८ प्रतिशत सडक कालोपत्रे भइसकेको उनले बताए । गत वर्खामा पहिरोले भत्काएको ८०० मिटर सडक मात्र पिच हुन बाँकी छ ।

उक्त ठाउँमा पनि तिहार लगतै कालोपत्रे गर्ने कार्यालयको योजना छ । ‘भारी वर्षाका कारण सिलामेमा पहिरो जाँदा रोड नै आधा भासियो । क्षति भएको ठाउँमा रिटेनिङवाल दिइसकेका छौं,’ उनले भने,

तिहार लगतै त्यो पनि पिच हुन्छ । राष्ट्रिय पुर्ननिर्माण प्राधिकरण मार्फत ३३ करोड लागतमा भच्चेक सिरानाडाँडा सडक कालोपत्रे गरिएको हो ।

१३.८६ किलोमिटर लामो उक्त सडकको ५ सय मिटर भने प्राविधिक कारणले अहिले कालोपत्रे नहुने उनले बताए ।

लकडाउन नभएको भए गत चैत भित्रै सम्पन्न हुने उक्त सडक ढिलै भएपनि निर्माण भएपछि स्थानीय खुसि भएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार