तिन लाख नगद सहित जुवाको खालबाट वडाध्यक्ष पक्राउ परेका छन । सुर्खेतको पञ्चपुरी नगरपालिका- २ का वडाध्यक्ष जगत बिसीसहित १५ जना जुवा खेलिरहेको अवस्था पक्राउ परेका हुन।
इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट खटिएको प्रहरी टोलीले जुवाको खालबाट तीन लाखभन्दा बढी नगदसहित उनीहरुलाई पक्राउ गरेको हो। जुवा खेलिरहेको सूचना पाएपछि शनिबार राति प्रहरी त्यहाँ पुगेको थियो।
जिल्ला प्रहरी कार्यालयका अनुसार पक्राउ पर्नेमा पञ्चपुरी नगरपालिका-२ का वडाध्यक्ष ५४ वर्षीय बिसीका साथै ३१ वर्षीय रमेश बोहरा, ३० वर्षीय नवीन शर्मा, ५० वर्षीय चन्द्रवीर रावत, २८ वर्षीय बालाराम रोकाय, ६१ वर्षीय अग्नी शर्मा, ३८ वर्षीय पूर्ण सुवेदी र सुशील बुढा रहेका छन् ।
त्यस्तै, ३४ वर्षीय खगेन्द्र जैसी, हर्कबहादुर बुढा, १९ वर्षीय लीलबहादुर बुढा, ४८ वर्षीय नवराज शर्मा, २४ वर्षीय कर्णबहादुर बुढा, ४० वर्षीय शिव खनाल र बराहताल गाउँपालिका–७ का चक्रबहादुर खड्कालाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको प्रहरीले जनाएको छ। रासस