तनहुँ । तनहुँको भानु नगरपालिकामा पौने ४ लाख रकम सहित १५ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
गएराती करिब २ बजे इलाका प्रहरी कार्यालय भानुका इन्चार्ज एवं प्रहरी निरिक्षक प्रकाश भुषालको नेतृत्वमा खटिएको टोलीले भानु नगरपालिका १२ को कवाजितवेशीबाट ३ लाख ७५ हजार ६ सय ३० रुपैया नगदसहित १५ जना जुवाडे पक्राउ परेका हुन ।
उनिहरुको साथबाट सो बराबरको रकम सहित सुन जस्तो देखिने पहलो धातुको औठी समेत बरामद गरिएको प्रहरी इन्चार्ज भुषालले सिभिलखबरलाई बताए ।
पक्राउ पर्नेमा सबै पुरुष रहेका छन । हाल उनिहरुलाई प्रहरी कार्यालय भानुकाे डुम्रेमै हिरासतमा राखिएको र जुवा सम्बन्धी मुद्धामा कारबाहीको तयारी भइरहेको बताइएको छ ।
भानुमा यस बर्ष जुवाडे पक्राउ परेको यो दोस्रो पटक हो । यसअघि गत १५ गते समेत भानुबाटै ४८ हजार २ सय ७० रुपैया नगद सहित १६ जना जुवाडेलाई भुषालकै नेतृत्वको टोलीले पक्राउ गर्न सफल भएको हो ।