• मंगलबार, साउन १२ २०८३

गोरखामा १४ सहित गण्डकीमा आज थपिए १ सय ६० संक्रमित


आइतबार, कार्तिक ३० २०७७
670
Shares

गोरखा । गोरखासहित गण्डकी प्रदेशमा आइतबार १ सय ६० जना कोरोना भाइरसका संक्रमित थपिएका छन् ।

भाइटिकाको अघिल्लो दिन आइतबार अपरान्ह ४ बजेर ५० मिनेटमा गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जारी गरेको विज्ञप्ती अनुसार गण्डकीमा १ सय ६० जना संक्रमित थपिएका हुन ।

थप भएकामध्ये १४ जना गोरखा जिल्लाका रहेका छन् । जसमा सिरानचोक गाउँपालिका १ महिलासहित ४ पुरुष रहेको स्वास्थ्य निर्देशक डा विनोदबिन्दु शर्माले बताए । त्यस्तै गोरखा अस्पतालबाट स्वाव संकलन भइ परिक्षणका लागि पठाइएका ४ महिला र ५ पुरुष रहेको उनले बताए ।

यसैगरी गण्डकी प्रदेशकै बागलुङ्गका ८ जना, लमजुङ्गमा १४ जना, मुस्ताङ्ग १३ जना, नवलपरासी पूर्वका ३० जना रहेको बताइएको छ । त्यस्तै आइतबार नै थप भएकाहरुमा पर्वत ३ र कास्कीका ७८ जना रहेको शर्माले बताए ।

यससंगै गण्डकीमा हालसम्म संक्रमितको संख्या १० हजार ४ सय ९० जना पुगेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार