• आइतबार, साउन १७ २०८३

शंकरको ‘माया लाउँ कि नलाउँ भो’ मा केकी र रमेश (भिडियो सहित)


आइतबार, कार्तिक ३० २०७७
645
Shares

नायिका केकी अधिकारी र संचारकर्मी रमेश तिवारी अभिनित  गीतकार चुडामणि पौडेलको ‘माया लाउँ कि नलाउँ भो’को म्युजिक भिडियो सार्वजनिक भएको छ।  

रोमाण्टिक भर्सनको यस गीतमा चुडामणि पौडेल र गायिका टिका प्रसाईको युगल स्वर सुन्न सकिन्छ।  गीतका शब्द  चुडामणि पौडेलले लेखेका हुन् भने टिका भण्डारीले गीतलाई संगीतवद्द गरेका हुन्। रोमी बस्नेतले यस गीतलाई संगीत संयोजन गरेका हुन्।  

धुलिखेलमा छायांकन गरिएको म्युजिक भिडियोमा बालकलाकार अन्सुमन पौडेल र अकेशा पोखरेलको साथमा संचारकर्मी रमेश तिवारी र नायिका केकी अधिकारीको मुख्य भुमिका रहेको छ। भिडियोलाई आइपी आचार्यले  कोरियोग्राफी गरेका हुन्।

भिडियोमा  उत्सव दहालको छायांकन र टेकेन्द्र शाहको सम्पादन रहेको छ। शंकर कोइराला र काजी लिम्बुको निर्देशनमा भिडियो तयार पारिएको हो। गायिका टिका प्रसाईको अफिसिएल युट्युव च्यानल  मार्फत भिडियो सार्वजनिक भएको हो।

गीत संगीत संगै अटो मोबाईल व्यवसाय  क्षेत्रमा संलग्न गीतकार पौडेलले यसअघि ‘अटोरिक्शा’ लगायत थुप्रै गीतहरु सार्वजनिक गरिसकेका छन्। तिहारको कोशेली स्वरूप सार्वजनिक गरिएको यस भिडियोलाई हेरेर प्रतिक्रिया दिन निर्माण टिमले सम्पुर्ण संगीतप्रेमीलाई आग्रह गरेका छन्।  

हेर्नुस भिडियाे

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार