• बुधबार, असोज २१ २०८३

गण्डकी प्रदेशसहितका स्थानमा वर्षा र हिमपातको सम्भावना, मौसमविद्ले दिए २४ घण्टे चेतावनी


आइतबार, कार्तिक ३० २०७७
690
Shares

केही दिनदेखि उल्लेखनीय मौसमी प्रणाली नभएको नेपालमा पश्चिमी वायुको प्रभाव सुरु भएको छ।

मौसम पूर्वानुमान महाशाखाले आइतबार बिहान जारी गरेको बुलेटिनअनुसार हाल नेपालको पश्चिमी क्षेत्रमा पश्चिमी वायुको प्रभाव परेको हो।

जसका कारण गण्डकीदेखि पश्चिमका प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै ती क्षेत्रका उच्च पहाडी तथा हिमाली भेगमा हल्कादेखि मध्यमसम्म हिमपातको समेत सम्भावना छ।

यसले जनजीवनमा पार्न सक्ने प्रभाव अनुमान गर्दै मौसम पूर्वानुमान महाशाखाले २४ घण्टे चेतावनीसमेत जारी गरेको छ।

‘गण्डकी प्रदेशसहित सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ,’ चेतावनीमा भनिएको छ, ‘र, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले सतर्कता अपनाउन हुन अनुरोध छ।’

महाशाखाका माैसमविद् समीर श्रेष्ठका अनुसार मनसुन बाहिरिएयता नेपालमा पश्चिमी वायुकाे प्रभाव परेकाे याे दाेस्राेपटक हाे। 

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार