गोरखा । गएराती मध्यरातमा गोरखाबाट ३४ जना जुवाडे पक्राउ परेका छन् ।
गोरखाको सिरानचोक गाउँपालिका वडा नम्बर ७ को नयाँसाँघुबाट कौडासहित ३४ जुवाडेलाई पक्राउ गरिएको एसपी सुरेन्द्र बहादुर गुरुङले सिभिलखबरलाई जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय गोरखा र इलाका प्रहरी चौकी जौबारीबाट खटिएको विशेष टोलीले ३४ जना पुरुष जुवाडेसहित उनिहरुको साथबाट १ लाख ७५ हजार रुपैया समेत बरामद गरिएको एसपी गुरुङले बताए ।
उनिहरुलाई हाल जिल्ला प्रहरी कार्यालय गोरखामा हिरासतमा राखिएको बताइएको छ ।
यसअघि समेत प्रहरीले गोरखा नगरपालिका ४ फिनामबाट ९ जना जुवाडेलाई पक्राउ गरेको थियो । सो समयमा ४६ हजार नगद बरामद गरिएको थियो ।
तस्विर : साँकेतिक