भारत र पाकिस्तानका सेनाबीच जम्मु-कस्मिरमा भिडन्त भएको छ।
शुक्रबार सीमाकाे नियन्त्रण रेखा (एलओसी) मा पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारततर्फ ५ सुरक्षाकर्मी र ६ सर्वसाधारणको मृत्यु भएको हो।
भारतीय सेनाको जवाफी कारबाहीमा पाकिस्तानतर्फ ३ कमान्डरसहित ११ सैनिक मारिएको दैनिक भास्करले दाबी गरेको छ।
दुवै पक्षले एकअर्कालाई युद्धविराम उल्लंघन गरेको आरोप लगाएका छन्।