सदरमुकाममा निशुल्क मधुमेह परिक्षण शिविर सम्पन्न भएकाे छ ।
बिश्व मधुभेह दिबसको अवसरमा लायन्स क्लव अफ गोरखा र लायन्स क्लब अफ गोरखा कालिकाको संयुक्त आयोजनामा प्रस्तावित लायन्स आँखा अस्पतालमा एक दिने शिविर सम्पन्न भएको हो ।
शिविरमा ५४ जनाले निशुल्क मधुमेह परिक्षण गराएको लायन्स क्लब अफ गोरखाका अध्यक्ष श्यामबावु श्रेष्ठले जानकारी दिए ।