गोरखा । गोरखामा एकै दिन ३५ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । शुक्रबार गोरखा नगरपालिका र पालुंटार नगरपालिकामा गरी ३५ जनामा संक्रमण पुष्टी भएकाे बताइएकाे छ ।
जसमा गोरखा नगरपालिकामा मात्रै ३२ जना रहेका छन । संक्रमण देखिएकामध्ये ३ जना नगरपालिकाका कर्मचारी समेत छन । गोरखा नगरपालिकाकाे कार्यालयमा नक्सा शाखामा कार्यरत १ जना महिला कर्मचारी, होल्डीङ सेन्टरमा बस्ने १ जना पुरुष कर्मचारी र वडा नम्बर ९ को प्राविधिक रहेको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख इश्वर रेग्मीले बताए ।
त्यस्तै गरी गोरखा नगरपालिका ५ मा २ जना पुरुष, ६ मा ३ जना पुरुष र ५ जना महिला, ८ मा ६ जना पुरुष र ७ जना महिलामा समेत संक्रमण देखिएको छ । वडा नम्बर ९ मा ४ जना पुरुष र ३ जना महिला र १० मा १ जना पुरुषका साथै भीमसेन थापा गाउँपालिका १ का १ जना पुरुषमा पनि संक्रमण देखिएको छ ।
संक्रमीत मध्ये गोरखा नगरपालिकामा १७ जना पुरुष र १५ महिला रहेका छन् ।
उता पालुङटार नगरपालिका ३ जनामा संक्रमण देखिएको छ । जस मध्ये १ जना पुरुष र २ जना महिला रहेका छन् ।