• आइतबार, साउन १७ २०८३

कोरोना संक्रमणबाट पोखरामा थप एकको मृत्यु


शुक्रबार, कार्तिक २८ २०७७
620
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण कास्कीमा थप एक को मृत्यु भएको छ ।

पोखरा महानगरपालिका—१४ की ६७ वर्षीय महिलाको उपचारका क्रममा बिहीबार राति २ बजे मृत्यु भएको हो ।

महिला यही कात्तिक २१ गते पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड—१९ उपचार केन्द्रमा भर्ना भएकी थिइन् ।

उनको उपचारको क्रममा मृत्यु भएको प्रतिष्ठानका निर्देशक सह प्राध्यापक डाक्टर अर्जुन आचार्यले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार