• आइतबार, साउन १७ २०८३

राष्ट्रियताले ओतप्रोत गीत ‘कालापानी सिमाना’ (भिडियोसहित)


शुक्रबार, कार्तिक २८ २०७७
740
Shares

काठमाडौं । गीतकार सुमन योञ्जनको शब्द रहेको राष्ट्रियताले ओतप्रोत नेपाली सिपाहीको बहादुरी समेटिएको गीत ‘कालापानी सिमाना’ सार्वजनिक भएको छ ।

यो गित म्युजिक भिडियोसहित सार्वजनिक भएको छ । अम्बेर तुम्बापो र किरण गजमेरको संगीत रहेको गीतलाई कमल राईले संगीत संयोजन गरेका छन् ।

गीतमा नेपाल आईडल प्रतियोगी मेघा श्रेष्ठ, पवन गिरी, बिक्रम बरालको अलवा किरण र कमलको स्वर रहेको छ ।

भिडियोमा देशको निम्ति ज्यानको बाजी राखेर लड्ने सिपाहीको कथा समेटिएको छ । जसमा निराजन प्रधान, गीता थापा, रामप्रसाद हुमागाई र अजय हुमागाईको अभिनय देख्न सकिन्छ ।

हरि हुमागाईको छायाँकन, प्रविन श्रेष्ठको सम्पादन रहेको भिडियो सिम्पल खरेलले निर्देशन गरेकी हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार