• आइतबार, साउन १७ २०८३

बिहीबार कोरोनाबाट थप १५ जनाको मृत्यु


बिहिबार, कार्तिक २७ २०७७
695
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १५ जनाको मृत्यु भएको छ ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार नेपालमा संक्रमणबाट थप १५ जनाको मृत्यु भएको हो ।

योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार १ सय ८९ पुगेको छ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार