• मंगलबार, साउन १२ २०८३

बिहीबार थप १९ सय १३ मा कोरोना पुष्टि, २३ सय ४९ निको भए


बिहिबार, कार्तिक २७ २०७७
555
Shares

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९ सय १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा १० हजार २२ पीसीआर परीक्षण गर्दा १ हजार ९ सय १३ जनामा कोरोना पुष्टि भएको हो।

योसँगै नेपालमा कोरोना संक्रमतिको संख्या २ लाख ४ हजार २ सय ४२ पुगेको छ। नेपालमा आज सक्रिय संक्रमितको संख्या ३८ हजार ४ सय ६१ रहेको छ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३ सय ४९ कोरोना संक्रमित निको भएसँगै अहिलेसम्म निको हुनेको संख्या १ लाख ६४ हजार ५ सय ९२ पुगेको हो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार