• आइतबार, साउन १७ २०८३

स्वदेश फर्किए क्रिकेटर सन्दीप लामिछाने, तीन हप्तापछि अष्ट्रेलिया जाने


बिहिबार, कार्तिक २७ २०७७
650
Shares

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका लेग स्पिनर सन्दीप लामिछाने सयुंक्त अरब इमिरेन्ट्स (यूएई) मा सम्पन्न इन्डियन प्रिमियर लिग (आईपीएल) टी—२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर स्वदेश फर्किएका छन्।

सन्दीप आज बिहान २ बजे नेपाल आइपुगेको सन्दीपको व्यवस्थापन हेर्दै आएका नेपाली क्रिकेट टोलीका टेक्निकल एनालिष्ट रमन शिवाकोटीले जानकारी दिए।

तीन महिनापछि स्वदेश फर्किएका उनी तीन हप्ताको बसाइपछि बिग ब्यास लिग (बीबीएल) खेल्न अष्ट्रेलिया जानेछन्। बीबीएलमा सन्दीपले कुन टोलीबाट खेल्ने भन्ने बारेमा भने अझै टुङ्गो लागेको छैन।

दुई संस्करण मेलबर्न स्टार्सबाट खेलेका सन्दीपको सम्झौता नवीकरण नभएपछि नयाँ टोलीबाट खेल्नेछन्। बीबीएल डिसेम्बर १० देखि फेब्रुअरी ६ सम्म चल्नेछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार