काठमाडौं। कोरोना संक्रमणका कारण रुपन्देहीमा थप एकको मृत्यु भएको छ ।
बुटवलस्थित कोरोना विशेष अस्पतालमा रुपन्देही देवदह नगरपालिका ७ का ४७ वर्षीय पुरुषको आज मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा.विष्णु गौतमले बताए ।
कात्तिक २० गते कोरोना पुष्टि भएका उनलाई २१ गते अस्पताल भर्ना गरिएको थियो । उनलाई एचआईभी पोजिटिभ पनि रहेको अस्पतालले जनाएको छ ।