• आइतबार, साउन १७ २०८३

चितवनमा थप एक कोरोना संक्रमितको मृत्यु


बिहिबार, कार्तिक २७ २०७७
635
Shares

काठमाडौं । चितवनमा उपचारको क्रममा मकवानपुरका एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

चितवन मेडिकल कलेजमा उपचाररत मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नं. १५ का ४९ वर्षीय पुरुषको गएराति ११ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका निर्देशक प्रा.डा. दयाराम लम्सालले जानकारी दिए ।

यही कात्तिक २४ गते उनमा संक्रमण पुष्टि भएको थियो ।

श्वासप्रश्वासमा समस्या भएपछि उनी अस्पताल भर्ना भएका थिए । मेडिकल कलेजको कोभिड आईसीयूमा राखेर उनको उपचार भइरहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार