• आइतबार, साउन १७ २०८३

गोली हानी १७ वर्षीया किशोरीको हत्या


बिहिबार, कार्तिक २७ २०७७
645
Shares

काठमाडौं । गोली हानी १७ वर्षीया किशोरीको हत्या गरिएको छ।

रौतहटको माधवनारायण नगरपालिका वडा नम्वर ७ लौकाहाका रामअयोध्या साहकी छोरी अमृता कुमारी साहको गोली हानी हत्या भएको हो ।

बुधबार राति साढे ११ बजेतिर सुतिरहेको अवस्थामा उनको दायाँ कन्चटमा गोली प्रहार भएको थियो । गोली लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटना अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहित प्रहरी टोली घटनास्थल पुगेको रौतहटका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए।

प्रहरीका अनुसार २०७६ फागुनमा सर्लाहीको मधुवनगोठ निवासी रुपेश साहसँग विवाह गरेकी ती किशोरीले गत असारमा मात्र सम्बन्ध—विच्छेद गरेकी थिइन्।

त्यसयता उनी रौतहटस्‍थित माइती घरमा बसेकी थिइन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार