• आइतबार, साउन १७ २०८३

वैज्ञानिकले बनाए क्षणभरमै कोरोना मार्ने यस्तो उपकरण


बिहिबार, कार्तिक २७ २०७७
635
Shares

काठमाडौं । अमेरिकाका वैज्ञानिकले क्षणभरमै कोरोना भाइरस मार्न सक्ने उपकरण बनाएका छन्।

डेलिमेल अलनाइनका अनुसार अमेरिकाको लस एन्जल्सस्थित युनिभर्सिटी अफ क्यालिफोर्नियाका वैज्ञानिकले ३० सेकेन्डभन्दा कम समयमै कोरोना मार्न सक्ने ‘प्लाज्मा जेट’ नामको उपकरण बनाएका हुन्।

थ्रिडी प्रिन्टरबाट प्रेसर प्लाज्मा जेटको स्प्रे बनाइएको हो र त्यसको प्रयोग सफल भएको अनुसन्धानकर्ताले दाबी गरेका छन्।

यो प्लाज्मा जेटले धातु, छाला र प्लास्टिकको सतहमा रहेका कोरोनालाई ३० सेकेन्डभित्रै मार्न सक्ने वैज्ञानिकले बताएका छन्। अब यो उपकरण कोरोनाविरुद्धको लडाइँमा एउटा महत्वपूर्ण हतियार हुने अपेक्षा गरिएको छ।

‘फिजिक्स अफ फ्लुड्स’मा प्रकाशित अध्ययन प्रतिवेदनअनुसार यो स्प्रे मास्कमा पनि प्रयोग गरी हेर्दा उसैगरी भाइरस मार्न सक्ने पाइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार