• आइतबार, साउन १७ २०८३

जमानतमा छुटे पत्रकार अर्नब गोस्वामी


बुधबार, कार्तिक २६ २०७७
795
Shares

काठमाडौं । भारतीय टेलिभिजन प्रस्तोता अर्नब गोस्वामी जेलबाट रिहा भएका छन्।

बुधबार गोस्वामीलाई भारतको सर्वोच्च अदालतले अन्तरिम जमानत दिएको हो।

आत्महत्या दुरूत्साहनको अभियोगमा कात्तिक १९ गते उनी पक्राउ परेका थिए। भारतीय टेलिभिजन रिपब्लिक टिभीका संस्थापक तथा प्रधानसम्पादक अर्नब गोस्वामीलाई तल्लो अदालतले १४ दिनको न्यायिक हिरासतमा पठाइएको थियो। त्यसविरूद्ध उनले सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

रिपब्लिक टिभीको स्टुडियो डिजाइन गरेका अलीबागका ५३ वर्षीय इन्टेरियर डिजाइनर अन्वय नाइकलाई आत्महत्या गर्न बाध्य पारेको आरोपमा उनीमाथि छ।

अर्नब र अन्य दुई जनाले ५३ वर्षीय इन्टेरियर डिजाइनरको बाँकी पैसा नदिएपछि ५३ वर्षीय डिजाइनरसहित उनकी आमाले आत्महत्या गर्नुपरेको भन्दै घटनामा महाराष्ट्र सरकारले जाँचको आदेश दिएको थियो।

राज्यका गृहमन्त्री अनिल देशमुखले मृतक डिजाइनर अन्वय नाइककी छोरी आज्ञा नाइकले बाँकी पैसा नदिएको बारेमा जाँच नभएको दाबी गर्दै आएको बताए।

अन्वय नाइकले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा उनले आफूले पाउनुपर्ने ५.४० करोड भारू भुक्तान नपाएपछि आत्महत्या गर्न बाध्य भएको उल्लेख गरेका थिए।

गोस्वामीले आरोप अस्वीकार गर्दै आएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार