• मंगलबार, असोज २० २०८३

हाम्रो कोरोना भ्याक्सिन ९२ प्रतिशत प्रभावकारी देखियो : रुस


बुधबार, कार्तिक २६ २०७७
725
Shares

काठमाडौं । रुसले आफ्नो कोरोनाविरुद्धको खोप स्पुतनिक भीले कोरोनाबाट ९२ प्रतिशतसम्म जोगाउने दाबी गरेको छ।

अमेरिकी कम्पनी फाइजर र जर्मन कम्पनी बायोनटेकले संयुक्त रुपमा निर्माण गरेको खोपले कोरोनाबाट ९० प्रतिशतसम्म जोगाउने दाबी भइरहँदा त्यसको केहीदिनमै रुसले स्पुतनिक भी खोप कोरोनाविरुद्ध ९२ प्रतिशतसम्म प्रभावकारी रहेको बताएको हो।

स्पुतनिक भी खोप बनाउने आरडीआइएफका प्रमुख भन्छन्,‘हाम्रो खोप धेरै प्रभावकारी र सुरक्षित छ।’

रुसले गत अगष्टमै देशमा यस खोप प्रयोगका लागि स्वीकृति प्रदान गरेको थियो। त्यहाँका राष्ट्रपति भ्लादमिर पुटिनले आफ्नो छोरीमा पनि खोप प्रयोग गरेको बताएका थिए।

आफ्नो खोप सुरक्षित भएको रुसले बताइरहँदा डब्लूएचओले भने रुसी खोपबारे आफूलाई जानकारी नभएको बताएको थियो।

त्यससमय रुसी खोपको आलोचना गर्नेले आफैंले खोप बनाउनुपर्ने रुसले बताएको थियो। रोयटर्स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार