• मंगलबार, असोज २० २०८३

भाइटीकाको भोलिपल्ट सार्वजनिक बिदा दिने मन्त्रिपरिषदको निर्णय


बुधबार, कार्तिक २६ २०७७
900
Shares

काठमाडौं । यो वर्ष सरकारले मंसिर २ गते पनि सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सरकारले भाइटीकाको भोलिपल्ट किजा पूजाको अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

मन्त्रिपरिषदको कात्तिक २४ गतेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते सार्वजनिक बिदा दिने निर्णय गरेको गृह मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले बुधबार एक विज्ञप्ति जारी गरी देशभर सो दिन सरकारी कार्यालय, सार्वजनिक निकाय, संघ—संस्था, शिक्षण संस्थामा बिदा हुने छ।

नेवार समुदायले भाइटीकाको भोलिपल्ट मात्रै भाइटीका लगाउने गर्छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार