• मंगलबार, असोज २० २०८३

७ वर्षीया बालिका बलात्कार आरोपमा एक पक्राउ


बुधबार, कार्तिक २६ २०७७
665
Shares

काठमाडौं । ७ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक पुरूष पक्राउ परेका छन्।

महानगरीय प्रहरी वृत्त बानेश्वरले धाडिङ घर भइ गोठाटारमा डेरा गरी बस्ने ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको हो।

वृत्तका प्रहरी नायब उपरीक्षक दक्ष बस्नेतका अनुसार मंगलबार तामाङलाई पक्राउ गरिएको हो।

उनका अनुसार बालिका र तामाङ एउटै घरमा डेरा गरी बस्थे।

बालिकाको मंगलबार नै स्वास्थ्य परीक्षण गराउन थापाथलीस्थित प्रसुती गृहमा लगेको थियो। त्यसको रिपोर्ट भने आइनसकेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।

पक्राउ परेका तामाङमाथि अनुसन्धान गर्न बुधबार जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरिँदैछ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार