• आइतबार, साउन १७ २०८३

कोरोना अपडेट : अमेरिकामा लगातार सात दिनसम्म दैनिक १ लाखबढी संक्रमित


बुधबार, कार्तिक २६ २०७७
585
Shares


काठमाडौं । अमेरिकामा मंगलबार मात्रै १ लाख ३४ हजार कोरोना संक्रमितको पहिचान भएको छ।

योसँगै सो मुलुकमा लगातार सात दिनसम्म दैनिक एक लाखभन्दा बढि कोरोना संक्रमित पहिचान भएका छन्।

एक सातायता संक्रमित हुनेको संख्या औसत दैनिक १ लाख २० हजार रहेको छ।

कोरोनाबाट मृत्य हुनेको संख्या पनि अगस्त महिनायताकै सबैभन्दा उच्च भएको छ।

दैनिक मृत्यु हुने कोरोना संक्रमितको संख्या १ हजार ४ सय ५० पुगेको छ। दैनिक मृत्यु हुने संक्रमितको संख्या १ हजार ४ सय पार गरेको मध्य–अगस्तपछि यो पहिलोपटक हो।
त्यसैगरी, कोरोना संक्रमण भएपछि अस्पताल भर्ना हुनेको संख्या पनि तीब्ररुपमा बृद्धि भइरहेको छ।

मंगलबार मात्र अस्पताल भर्ना हुने संक्रमितको संख्या ६१ हजार ४ सय ७१ पुगेको छ, जुन यो महामारी सुरु भएयताकै सबैभन्दा उच्च हो। रोयटर्स

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार