काठमाडौं । चितुवाको छाला र लागुऔषध अफिमसहित दुई युवा पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दाङको घोराही उपमहानगरपालिका वडा नं. १२ हापुर निवासी २६ वर्षीय मधु डाँगी र प्यूठान जिल्लाको नौंबहिनी गाउँपालिका वडा नं. ५ निवासी २७ वर्षीय धनसिंह टमाटा रहेका छन् ।
जिल्ला प्रहरी प्रमुख एसपी गणेश चन्दले गोप्य सूचनाको आधारमा मंगलबार बेलुका ८ बजेतिर उनीहरूलाई घोराही ८ बन्गाउँ क्षेत्रबाट पक्राउ गरिएको बताए।
उनीहरूको साथबाट ६ फिट ११ इञ्ज लामो चितुवाको छाला र ३ किलो ७ सय ५० ग्राम अफिम बरामद भएको एसपी चन्दले जानकारी दिए।
पक्राउ परेकाहरूमामाथि आवश्यक अनुसन्धान भइरहेको एसपी चन्दले बताए ।