काठमाडौं । काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप १ हजार ४ सय २० जनामा कोरोना पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा १ हजार १ सय ४१, भक्तपुरमा ८६ र ललितपुरमा १ सय ९३ संक्रमित थपिएका हुन्।
मन्त्रालयका अनुसार आज देभरमा २ हजार ७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९९ हजार ७ सय ६० पुगेको छ।