• आइतबार, साउन १७ २०८३

कोरोनाबाट थप एकको मृत्यु


मंगलबार, कार्तिक २५ २०७७
710
Shares

काठमाडौं । कोरोना संक्रमणका कारण बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत बर्दियाका थप एक पुरूषको मृत्यु भएको छ ।

राजापुर नगरपालिका–८ का ३२ वर्षीय पुरूषको उपचारको क्रममा मंगलबार बिहान ११ बजे मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

स्वास्थ्यमा समस्यादेखिएपछि उनी १३ कात्तिकमा अस्पतालको प्री–आइसोलेसनमा भर्ना भएका थिए । कोरोना आशंकामा गरिएको परीक्षणमा त्यसको भोलिपल्ट उनको रिपोर्ट पोजेटिभ आएको थियो ।

कोरोना संक्रमण पुष्टि भएसँगै अक्सिजन सपोर्टका साथमा रेमडिसिभरको समेत प्रयोग गरी भेन्टिलेटरमा राखेर उनको उपचार थालिएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार