• आइतबार, साउन १७ २०८३

‘सुसाइड नोट’ लखेर बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिए


मंगलबार, कार्तिक २५ २०७७
695
Shares

काठमाडौं । फेसबुक पेजमा ‘सुसाइड नोट’ लेखेर भक्तपुरबाट बेपत्ता भएका डाक्टर काभ्रेमा भेटिएका छन् ।

राधेराधे अगाडि डेन्टल क्लिनिक चलाउँदै आएका अन्दाजी ३२ वर्षीय डा. दिगम्बर झा काभ्रेको भुम्लु गाउँपालिका—१० स्थित अरनिको राजमार्गमा भेटिएका हुन् ।

आफन्तले टिपाएको बा१६च ८६७९ नम्बरको कारलाई देखेपछि स्थानीय प्रहरीले उनलाई भेटेको महानगरीय प्रहरी परिसर, भक्तपुरका डीएसपी दीपक गिरीले बताए ।

‘झोकराएर बसेको अवस्थामा फेला पारिएको भन्ने खबर आएको छ’, गिरीले थपे, ‘थप अनुसन्धान गरिरहेका छौं ।’

फेसबुकमा सुसाइड नोट राखेर उनी मंगलबार बिहान करिब ५ बजेबाट बेपत्ता भएका थिए । त्यसक्रममा प्रहरीले प्राविधिक अनुसन्धान गरेर उनको खोजी थालेको थियो ।

उनको मोबाइल काभ्रे क्षेत्रमा सक्रिय देखिएपछि खोजीलाई त्यसतर्फ केन्द्रीत गरिएको थियो । उनको परिवारमा राम्रो सम्बन्ध नभएको बुझिएको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार