• आइतबार, साउन १७ २०८३

प्रहरीलाई राहत : मंसिरबाट बिदा बढाइने, फागुनबाट ड्युटी घटाइने


मंगलबार, कार्तिक २५ २०७७
800
Shares

नेपाल प्रहरीले हवल्दार तथा जवानहरुको मनोबल बढाउने कार्ययोजना लागू गर्ने भएको छ। प्रहरीमा तल्लो तहका कर्मचारीले जागिर छाड्ने क्रम बढेपछि त्यसलाई रोक्न प्रहरी प्रधान कार्यालयले विशेष योजना बनाएको हो।

उक्त कार्ययोजना मंसिर १ गतेबाट कार्यान्वयनमा आउने प्रहरी प्रधान कार्यालयले जनाएको छ। त्यसअघि नेपाल प्रहरीले हवल्दार तथा जवानहरूको मनोबलको अवस्था, मनोबल गिर्नुको कारण र उत्प्रेरणा अभिवृद्धिका क्षेत्रसम्बन्धी अध्ययन गरेको थियो। गत वर्ष भदौबाट थालिएको अध्ययन कात्तिक ६ गते सम्पन्न भएको र सोही अध्ययन प्रतिवेदनको सिफारिसअनुसार सुधार गर्न लागिएको प्रहरी मुख्यालयले जनाएको छ।

नेपाल प्रहरीले हवल्दार तथा जवानहरूको कार्य सम्पादन आवश्यकता तथा मनोबलमा परेको कारक तत्वको सूक्ष्म अध्ययन तथा विश्लेषण गर्नुपर्ने आवश्यकता देखिएको भन्दै गतवर्ष नै अध्ययन थालेको थियो।

अध्ययनमा औँल्याइएका विषयहरूमध्ये बिदा, ड्युटी, गुनासो सुनुवाइ, वृत्ति विकास, स्केलको सामान वितरण आदिलाई प्रविधिमा आधारित प्रणालीको माध्यमबाट सम्बोधन गर्न सकिने प्रतिवेदनमा उल्लेख छ। वृत्ति विकाससँग सम्बन्धित कतिपय विषयहरूमा भने विद्यमान कानुनी व्यवस्थामा नै सुधार गर्नुपर्ने कार्ययोजनामा उल्लेख छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार