Modern metal handcuffs. Vector illustration in flat style
तनहुँको भीमाद नगरपालिका–२ बन्दीछापबाट भरुवा बन्दुकसहित एक जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सोही वडाको सिमलबोट बस्ने ६० वर्षीय टुकबहादुर थापा रहेका छन्।
प्रहरी चौकी किहुँबाट खटिएको प्रहरी टोलीले उनलाई बन्दुकसहित पक्राउ गरेको हो। उनको साथबाट एक नाले भरुवा बन्दुक बरामद गरेको प्रहरीले जनाएको छ।
पक्राउ परेकाविरुद्ध हातहतियार मुद्दा शीर्षकमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए।
यस्तै तनहुँको शुक्लागण्डकी नगरपालिका–४ बाट लागुऔषधसहित तीन जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका–४ का २१ वर्षीय सन्तोष गुरुङ, शुक्लागण्डकी नगरपालिका–५ का ३० वर्षीय मनोज क्षेत्री र गोरखाको आरु पोखरीथोक घर भई शुक्लागण्डकी नगरपालिका–२ बस्ने रवि गुरुङ रहेका छन्।
उनीहरुको साथबाट एक सय चार थान डाइजेपाम, ८९ थान नुफिन र ९३ थान फेनारगन गरी दुई सय ८६ थान लागुऔषध बरामद गरेको प्रहरीले जनाएको छ। पक्राउ परेका माथी लागुऔषध मुद्दा दर्ता गरिएको छ। रासस