• आइतबार, साउन १७ २०८३

फेसबुक पेजमा ‘सुसाईड नोट’ लेखेर भक्तपुरबाट डाक्टर बेपत्ता


मंगलबार, कार्तिक २५ २०७७
820
Shares

काठमाडौं । भक्तपुरबाट ‘सुसाईड नोट’ लेखेर अर्थोडोन्टिस्ट डा.दिगम्बर झा बेपत्ता भएका छन् ।

डा. झा सुसाईड नोड लेखेर बेपत्ता भएको महानगरीय प्रहरी परिसर भक्तपुरकी एसपी तारादेवी थापाले बताईन् । उनी ठिमीस्थित द डेन्टल सिटीका निर्देशक हुन् ।

बिहान ५ बजेतिर बा.१६च.८६७९ नम्बरको कारमा उनी घरबाट निस्केका थिए । डेन्टल क्लिनिकको माथिल्लो तलामा भाडामा बस्दै आएका डा. झा र उनको बुवाको सम्बन्ध राम्रो थिएन् । घरबाट निस्केको दुईघण्टामा उनी काभ्रे पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

फेसबुक पेजमा सुसाईड नोट लेखेको देखेपछि उनका सहकर्मी डाक्टर निरञ्जन चालिसेले प्रहरीलाई खबर गरेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार