काठमाडौं । कोरोनाका कारण चितवन मेडिकल कलेज भरतपुरमा उपचाररत थप एक जनाको मृत्यु भएको छ ।
भरतपुर महानगरपालिका–१९ का ७७ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार राति ८ः१८ बजे मृत्यु भएको अस्पतालका निर्देशक प्राध्यापक डा. दयाराम लम्सालले जानकारी दिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि मेडिकल कलेजमा भर्ना भएका ती पुरुषमा २१ कात्तिकमा कोरोना संक्रमण पुष्टि भएको थियो ।
डा. लम्सालका अनुसार उनी उच्च रक्तचाप, मधुमेह र मिर्गौलासम्बन्धी रोगबाट समेत ग्रसित थिए ।