• आइतबार, साउन १७ २०८३

टेलिभिजन फेरेर ‘सक्किगोनी’ २५ मंसिरबाट प्रसारणमा आउने


मंगलबार, कार्तिक २५ २०७७
625
Shares

काठमाडौं । दर्शकले अत्यन्तै रुचाउने हाँस्य टेलिश्रृंखला ‘सक्किगोनी’ प्रसारणमा आउने भएको छ ।

कोरोनाको कारणले छायाँकन गर्न असम्भव भएपछि बन्द हुन पुगेको टेलिश्रृंखला आगमी मंसिर २५ बाट प्रसारणमा आउने भएको हो । नेपाल टेलिभिजनबाट प्रसारण हुैँदै आएको श्रृंखला अब भने हिमालय टेलिभिजनबाट प्रसारण हुन लागेको हो ।

पछिल्लो समयमा टेलिभिजन कन्टेन्टमा हिमालय टीभीले गरेको लगानी र प्राथमिकताबाट आफु प्रभावित भएर कार्यक्रम हिमालय टेलिभिजनबाट ल्याउन लागेको निर्देशक कुमार कट्टेलले बताए ।

उनका अनुसार ‘सक्किगोनी’ मंसिर २५ गतेदेखि हरेक बिहीबार राति ८ बजेबाट प्रसारण हुनेछ ।हिमालय टेलिभिजनको लगानीमा उत्पादन हुने सक्किगोनी श्रृंखलालाई जेपीटी क्रियसनले निर्माण गर्न लागेको हो । ‘सक्किगोनी’को बजारीकरणका लागि एड प्याड प्रालि समेत अनुबन्धित भएको छ ।

टेलिशृंखलामा कुमार कट्टेल (जिग्री), अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), गोविन्द कोइराला (जइन्ते), हरि निरौला (कक्रोज), रक्षा श्रेष्ठ, दिपक आचार्य, शंकर आचार्य लगायत कलाकारको अभिनय रहँदै आएको छ । श्रृंखलाको निर्देशन कलाकार कुमार कट्टेल र अर्जुन घिमिरेले मिलेर गर्दै आएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार