• आइतबार, साउन १७ २०८३

सुनको मूल्य घट्यो, प्रतितोला कति पुग्यो ?


मंगलबार, कार्तिक २५ २०७७
500
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg

काठमाडौं । नेपाली बजारमा बढ्दो क्रममा रहेको सुनको मुल्य मंगलबार ह्यात्तै घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार सुन तोलामा अघिल्लो दिनको तुलनामा ३ हजार ४०० रुपैयाँको दरले घटेको हो ।

सोमबार छापावाल सुन तोलामा ९८ हजार २०० रुपैयाँमा कारोबार भएको थियो भने मंगलबार घटेर तोलामा ९४ हजार ८०० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

यस्तै तेजावी सुन ९४ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।

यसैबीच मंगलबार चाँदी तोलामा १ हजार २ सय १५ रुपैयाँमा कारोबार भएको छ । यसअघि सोमबार चाँदीको मूल्य १ हजार २ सय ८५ रुपैयाँ रहेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार