काठमाडौं । कोरोना संक्रमणका कारण रूपन्देहीको भीम अस्पतालमा उपचारत थप दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका–१० की ४७ वर्षीया महिला र सिद्धार्थनगर नगरपालिका–१२ का ७० वर्षीय पुरुष रहेका अस्पतालका सूचना अधिकारी डा.नारायण पोख्रेलले जानकारी दिए।
उनका अनुसार कात्तिक १७ गते कोरोना पुष्टि भई १८ गते अस्पताल भर्ना भएकी महिलाको सोमबार राति ९ः५० बजे मृत्यु भएको हो।
त्यस्तै कात्तिक १३ गते कोरोना पोजिटिभ देखिएपछि अस्पताल ल्याइएका पुरुषको मंगलबार बिहान ६ बजे मृत्यु भएको पोख्रेलले जानकारी दिए।