मेलिना बराम, गोरखा । आर्थिक विकासको एउटा मापदण्ड पर्यटन व्यवसाय हो । पर्यटन क्षेत्रको प्रचुर सम्भावना बोकेको जिल्लामध्ये गोरखा पनि एक हो ।
आन्तरिक तथा बाहृय अधिक पर्यटक भित्राउन सक्ने सम्भावना रहेको गोरखाको विगतदेखि बर्तमान अवस्थालाई नियाल्दा सोचे अनुसार आफुलाई विकास गर्न नसकेको देखिन्छ ।
प्राकृतिक मनोरम दृष्यहरू, हिमशृङ्खला, धार्मिक महत्वका स्थल, प्राकृतिक तथा भौगोलिक विविधताले भरिपुर्ण जिल्ला गोरखा हो । त्यति मात्रैले गोरखाको परिचय अपुरो हुन्छ ।
राज्य एकिकरणको उद्गम स्थलदेखि भुकम्पको केन्द्रबिन्दुसम्म गोरखाको नाम अग्रस्थानमै छ र परिचित पनि । यि विविध नाम र परिचयलाई गोरखाले अहिलेसम्म सोचे अनुसार बेच्न सकेको देखिदैन ।
११ स्थानीय तह रहेको गोरखाले अब इतिहास देखि भुकम्पसम्मलाई बेच्न सक्नु पर्दछ । हुन त गोरखालाई नेपालको सबैभन्दा बढी आन्तरिक पर्यटक आउने जिल्लाका रुपमा पनि लिइन्छ तर यहाँ भएको अथाह पर्यटकीय क्षेत्रको पहिचान गराउन नसक्दा पर्यटक बढ्न भने सकेका छैनन् ।
गोरखामा पर्यटन क्षेत्र विकासका लागि विगतमा प्रयास भने नभएका होइनन् । थुप्रै योजनाहरु बनेका छन् तर त्यसको कार्यान्वयन पाटो फितलो हुदा अलपत्रै भएका देखिन्छन् ।
हेर्नुस, २० तस्विरमा गोरखाका पर्यटकिय गन्तब्यहरु (तस्विर : सुमन कार्की)




















