• आइतबार, साउन १७ २०८३

दुई अर्ब लगानीमा शाहरुख खानको नयाँ फिल्म आउने, कसको पारिश्रमिक कति ?


मंगलबार, कार्तिक २५ २०७७
735
Shares

लामो समयपछि बलिउडका किङ्ग शाहरुख खानको फिल्म आउँदैछ । उनले अर्को वर्षको दीपावलीको अवसरमा रिलीज गर्ने गरी फिल्मको तयारी गरिरहेका छन् । फिल्मको नाम ‘पठान’ राखिने स्रोतले जनाएको छ । 

फिल्ममा करिब तीन वर्षपछि फर्किएका शाहरुखको यो फिल्ममा अभिनेत्रीको रुपमा दीपिका पादुकोण हुनेछिन् । 

फिल्म निर्माता आदित्य चोपडाको २०० करोड (भारतीय रुपियाँ) लगानी रहने उक्त फिल्ममा दीपिकाको पारिश्रमिक १५ करोड हुने मिडिया रिपोर्टमा उल्लेख छ । 

फिल्ममा भिलेनको रुपमा जोन अब्राहम हुने र उनले २० करोड पारिश्रमिक लिने जनाइएको छ । एजेन्सी

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार