• सोमबार, साउन ११ २०८३

गण्डकीमा सबैभन्दा बढी कोरोना संक्रमित २० देखि ३० बर्ष उमेर समुहका


मंगलबार, कार्तिक २५ २०७७
1.1K
Shares

गण्डकी प्रदेशमा २० देखि ३० वर्ष उमेर समूहका सबैभन्दा बढी कोरोना संक्रमित भएको पाईएको छ। गण्डकी प्रदेशमा कुल संक्रमितको २७.१८ प्रतिशत संक्रमित २० देखि ३० वर्ष उमेर समूहका रहेका हुन्। त्यसपछि भने ३० देखि ४० वर्ष समूहका सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ।

गण्डकी प्रदेशमा हालसम्म कुल ९ हजार १ सय ५८ जना कोरोना संक्रमित भएकोमा २० देखि ३० वर्ष उमेर समूहका २ हजार ४ सय ९० जना संक्रमित भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ। सो उमेर समूहका संक्रमित मध्ये १ हजार ७ सय ९९ जना पुरुष र ६ सय ९१ जना महिला संक्रमित भएका छन्।

गण्डकी प्रदेशमा ३० देखि ४० वर्ष उमेर समूहका २ हजार १ सय ६ जना संक्रमित भएका छन्। जुन कुल संक्रमित संख्याको २२.९९ प्रतिशत हो। सो उमेर समूहका संक्रमित मध्ये १ हजार ६ सय ८ पुरुष र ४ सय ९८ महिला रहेको निर्देशनालयले जनाएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार